काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामको लागि सवारी पास आवश्यक नपर्ने जनाएको छ। प्रशासनले एक सूचना जारी गर्दै अत्यावश्यक कामको लागि यात्रा गर्दा कहीँ कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न आग्रह गरेको छ।
प्रशासनले निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरु, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तीय संस्था, बिमालगायत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संस्थाका कर्मचारीहरु, एयरपोर्टमा जाने आउने यात्रुहरुको हकमा सवारी पास आवश्यक नपर्ने बताएको छ।
सूचनामा भनिएको छ, ‘अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भनी सवारी पास माग गर्ने गरेको पाइएकाले मिति २०७८/०१/१७ गतेबाट मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेक यस कार्यालयबाट सवारी पास जारी नहुने व्यहोरा आदेशानुसार अनुरोध छ।’

