PahiloPost

Jul 3, 2024 | २० असार २०८१

राजस्थानमाथि मुम्बईको सानदार जित



पहिलोपोस्ट

राजस्थानमाथि मुम्बईको सानदार जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्समाथि सानदार जित निकालेको छ। अरुण जेट्ली स्टेडियम, नयाँ दिल्लीमा सम्पन्न खेलमा मुम्बईले ७ विकेटको सानदार जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले १८.३ ओभरमा ३ विकेट गुमाएर निर्धारित लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको राजस्थानका लागि कप्तान सञ्जु सामसनले सर्वाधिक ४२ रन बनाउँदा जोस बटलरले ४१ रन बनाए। त्यस्तै शिवम दुबेले ३५ र यशस्वी जसवालले ३२ रन जोडे। मुम्बईका लागि राहुल चहरले २ विकेट लिँदा जसप्रित बुमराह र ट्रेन्ट बोल्टले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले क्विन्टन डी कक को अर्धशतकीय पारीको सहायतामा सहजै लक्ष्य पुरा गर्‍यो। मुम्बईका लागि डी ककले सर्वाधिक ७० रन बनाउँदा क्रुणाल पाण्ड्याले ३९ रन बनाए। त्यस्तै सूर्यकुमार यादव र किइरोन पोलार्डले समान १६/१६ रन बनाए। राजस्थानका क्रिस मोरिसले २ विकेट र मुस्ताफिजुर रहमानले १ विकेट लिए।

जितसँगै मुम्बइ ६ खेलबाट ६ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ। राजस्थानले भने ६ खेलबाट ४ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell