PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

बराबरीमा रोकिए धनगढी र ललितपुर



पहिलोपोस्ट

बराबरीमा रोकिए धनगढी र ललितपुर
फाइल फोटो

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी र ललितपुर १-१ को बराबरीमा रोकिएका हुन्।

पेनाल्टीमा पाएको अवसरमा समेत ललितपुर चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। खेलको ४४ औं मिनेटमा पाएको पेनाल्टीमा ललितपुरका नुर्लान जाहिद पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्न सकेनन्।

दोस्रो हाफमा ओलावाले अफीजले गोल गर्दै धनगढीलाई अग्रता दिलाए। उनले खेलको ७२ औं मिनेटमा गोल गरेका थिए। उता ललितपुरका लागि रञ्जन बिस्टले ७९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। र, खेल १-१ को बराबरीमा रोकियो।

बराबरीसँगै ३ खेलबाट ४ अंक जोडेको धनगढी तालिकाको दोस्रो स्थानमा छ भने ३ खेलबाट २ अंक जोडेको ललितपुर तालिकाको अन्तिम स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell