PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

आईपीएल : कोलकाताविरुद्ध दिल्लीको सहज जित



पहिलोपोस्ट

आईपीएल : कोलकाताविरुद्ध दिल्लीको सहज जित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीवार भएको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्समाथि जित निकालेको छ। अह्मेदावादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा दिल्लीले कोलकातामाथि ७ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १६ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

कोलकाताका लागि आन्द्रे रशेलले अविजित रहँदै सर्वाधिक ४५ रन बनाउँदा शुभमन गिलले ४३ रन बनाए। त्यस्तै, राहुल त्रिपाठीले १९, नितिश रानाले १५, दिनेश कार्तिकले १४ र प्याट कमिन्सले ११ रन जोडे। दिल्लीका लागि अक्षर पटेल र ललित यादवले २/२ तथा अभेश खान र मार्कस स्टोइनिसले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि पृथ्वी शले सर्वाधिक ८२ रन बनाउँदा शिखर धवनले ४६ रन जोडे। त्यस्तै, रिशब पन्तले १६ रन बनाए। कोलकाताका प्याट कमिन्सले ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell