PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

घरेलु मैदानमा बार्सिलोना पराजित



पहिलोपोस्ट

घरेलु मैदानमा बार्सिलोना पराजित
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना ग्रानडासँग पराजित भएको छ। घरेलु मैदानमा क्याम्प नाउमा सम्पन्न खेलमा २-१ गोलअन्तरले पराजित भएसँगै बार्सिलोना शीर्षस्थानमा उक्लने अवसरबाट चुकेको छ।

खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो। बार्सिलोनाले २३ औं मिनेटमा एन्टोनी ग्रिजमनको पासमा लियोनल मेस्सीले गोल गरेपछि खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा बार्सिलोना एक गोलले अघि रह्यो।

दोस्रो हाफमा ग्रानडा पुनरागमन गर्न सफल रह्यो। खेलको ६३ औं मिनेटमा डार्विन म्यान्चिजले गोल गर्दै खेल बराबरीमा ल्याए भने ७९ मिनेटमा जर्ज मोलिनाले गोल थपे। जुन गोल ग्रानडाको जितका लागि निर्णायक बन्यो।

पराजयसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लने अवसरबाट चुकेको छ। बार्सिलोनाले ३३ खेलबाट ७१ अंक जोडेको छ भने शीर्षस्थानको एट्लेटिको मड्रिडले समान खेल खेलेर ७३ अंक जोडेको छ। त्यस्तै दोस्रो स्थानको रियल मड्रिडको पनि ७१ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell