PahiloPost

May 15, 2026 | १ जेठ २०८३

वरीयतामा १०३ स्थानमाथिको इराकसँग फुटबल खेल्दै नेपाल, २० वर्षअघि भएको थियो अघिल्लो भेट



पहिलोपोस्ट

वरीयतामा १०३ स्थानमाथिको इराकसँग फुटबल खेल्दै नेपाल, २० वर्षअघि भएको थियो अघिल्लो भेट

काठमाडौं : नेपाली फुटबल टोलीले इराकसँगै मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। इराकको आयोजनामा वार्सा इन्टरनेसनल स्टेडियममा खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। खेल मे २९ (जेठ १५ गते) हुने तय भएको हो।

नेपालले यसअघि इराकसँग सन २००१ मा प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोटको उक्त खेलमा इराकले नेपाललाई ४-२ गोलअन्तरले हराएको थियो।

फिफा वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ। अर्थात इराक नेपाल भन्दा फिफा वरीयतामा १०३ स्थानमाथि छ।

नेपालले यसअघि त्रिदेशीय सिरिजमा बंगलादेश र कीर्गिस्तानसँग खेलेको थियो। जसमा नेपालले उपाधिसमेत जितेको थियो। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपालले यो पहिलो खेल खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell