PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एनएसएल: काठमाडौ रेजर्स र पोखरा थण्डर्स भिड्दै



पहिलोपोस्ट

एनएसएल: काठमाडौ रेजर्स र पोखरा थण्डर्स भिड्दै
फाइल फोटो

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को तेस्रो चरणको खेलमा आज काठमाडौं रेजर्स र पोखरा थण्डर्स प्रतिस्पर्धामा उत्रँदै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ साढे ५ बजे यी दुई टोली आमनेसामने हुनेछन्।

जारी प्रतियोगितामा दुबै टोलीले एक जित र एक हार ब्यहोर्दै समान ३ अंक जोडेका छन्। आजको खेल जित्ने टोली तालिकाको शीर्षस्थानमा पुग्नेछ। हाल बुटवल लुम्बिनी एफसी २ खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ।

प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी फुटबल क्लब, एफसी चितवन, काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब गरी ७ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell