PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

निषेधाज्ञा उल्लंघनको आरोपमा तीन जना जेल चलान, पाँच जना छुटे धरौटीमा



पूजा पन्थी

निषेधाज्ञा उल्लंघनको आरोपमा तीन जना जेल चलान, पाँच जना छुटे धरौटीमा

बुटवल : रुपन्देहीमा जारी निषेधाज्ञामा बुटवल उपमहानगर क्षेत्रमा निषेधाज्ञा फितलो भए पनि भैरहवामा भने प्रहरीले कडाई गरेको छ।

बुटवल उपमहागरका भित्रि बजारहरुमा पसलहरु खोलेर कारोबार चलिरहँदा भैरहवामा सडकमा निस्केका सर्वसाधारणलाई संक्रामक ऐन २०२० लगाएर कैद र जरिवानासमेत तोकिएको छ। जिल्लामा निषेधाज्ञाको अवज्ञा गर्ने आठ जनालाई कैद र जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्लामा संक्रमित थपिने क्रम एकाएक बढेपछि स्थानिय प्रशासनले बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा लगाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक सत्यनारायण थापकाका अनुसार निषेधाज्ञाको अवज्ञा गरेर हिँड्डुल गरेका र प्रहरीले रोकेर सम्झाउन खोज्दा प्रहरीमाथि नै दुर्व्यवहार गर्न खोज्ने काठमाडौँ ठेगाना भई सिद्धार्थ नगर बस्दै आएका हरी शाही ठाकुरी, रुपन्देही मायादेवी गाउँपालिका २ महेन्द्र कोहार, मायादेवी ४ का दिनेश यादव, सिद्धार्थनगर नगरपालिका ८ का श्याम दुबे, सिद्धार्गजगरका ९ का ईरशाद आलम, सिद्धार्थनगर ६ की सविता खनाल, सोही स्थानका प्रितम कुवँर र प्रेम कुवँर रहेका छन्।

पक्राउ परेका आठ जनालाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम प्रमुख जिल्ला अधिकारीबाट कारवाही गरिएको प्रवक्ता थापाले बताए।

ड्युटीमा रहेका प्रहरीसँग अभद्र व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय रुपन्देही बुझाईएको थियो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले उनीहरु मध्ये ७ जनालाई जनही एक महिना कैद वा सो बराबरको जरिवाना र एक जनालाई ६ सय रुपैयाँ जरिवानाको आदेश गरेका थिए।

जसमध्ये ५ जनाले कैद र जरिवाना बापतको जनही ९ हजार एक सय रुपैयाँ रकम दाखिला गरेपछि रिहा भएका छन् भने दिनेश यादव, श्याम दुबे र महेन्द्र कोहारले कैद वा सो बराबरको जरिवाना अनुरुप रकम नबुझाएपछि उनीहरुलाई सजाय भुक्तानका लागि भैरहवा कारागारमा पठाइएको डीएसपी थापाले बताए।

प्रहरीका अनुसार निषेधाज्ञाको पहिलो दिन निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २० वटा विभिन्न सवारी साधन र एक हजार चार सय ७० जना सर्वसाधारणलाई सडकमै होल्ड गरी सम्झाई बुझाई छाडिएको छ।

रुपन्देहीका प्रजिअ तामाङले निषेधाज्ञा अवज्ञा नगर्न चेतावनी दिएका थिए।

एउटै जिल्लामा भैरहवामा निषेधाज्ञा अवज्ञा गर्नेलाई कारागार पठाईंदा बुटवलमा भने निषेधाज्ञा निकै फितलो देखिएको छ। सर्वसाधारण बिनाकाम इभिनिङ वाकदेखि मदिरा पसलमा मदिरा किन्न निस्केका छन् भने भित्री बजारका पसलहरु आधा सटर खोलेर संचालन भइरहेको छ। बुटवलमा अटो रिक्सा, टेक्सी र निजी कार तथा मोटरसाईकलहरु प्रसस्त चलेको थियो।

बुटवलमा प्रहरीले सामान्य अवस्थामा देखिएका सर्वसाधारणलाई बाटोमा रोकर लटेठी ताकेपनि हुनेखाने जस्ता देखिने सुकिला मुकिलालाई भने प्रहरी जाँच नगरी छाडेको पाईएको थियो।

इलाका प्रहरी कार्यालय बुटवलको जनशक्ति कम र एरिया ठूलो भएकाले केही पितलो भएको प्रहरी स्रोतले उल्लेख गरेको छ। भएको जनशक्ति पनि मोतिपुर औद्योगिक क्षेत्रमा खटाईएका कारण बुटवलमा निषेधाज्ञा प्रभावकारी हुन नसकेको ती स्रोतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell