PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

निषेधाज्ञाको दोस्रो दिन वीरगंज सुनसान : २ सय गाडी होल्ड, भारतीय नागरिक स्वदेश फर्कने क्रम बढ्दो

निषेधाज्ञाको दोस्रो दिन वीरगंज सुनसान : २ सय गाडी होल्ड, भारतीय नागरिक स्वदेश फर्कने क्रम बढ्दो

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : वीरगंजमा कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि पुनः एक पटक हटस्पट बनेको छ। मुलुककै प्रमुख भन्सार नाकाको रुपमा रहेको वीरगंज नेपाल भारत खुल्ला सिमानाको कारण पनि त्रास फैलिएको छ।

अहिले दैनिक ४, ५ जनाको मृत्यु भइरहेको छ भने दैनिक सयभन्दा माथि संक्रमित थपिने क्रम छ। पर्सामा करिब पौने १२ सय सक्रिय संक्रमितहरुको संख्या पुगेको छ भने २३ जनाले १८ दिनमा ज्यान गुमाई सकेका छन्। सोहीलाई मध्यनजर राख्दै स्थानीय प्रशासनले हिजोदेखि बिहान ४ बजेदेखि वैशाख २२ गते सम्म राति १२ बजे सम्म लागू हुने गरी एक हप्ते लकडाउन लगाएको छ। बिहीवार पर्साको सदरमुकाम वीरगंज र ग्रामीण भेगमा पास विना चलाइएको करिब १७५ बाइक र २० टेम्पो पर्सा प्रहरीले नियन्त्रणमा लिएर एक साताको लागि होल्ड गरेको छ। मुख्य गरी मेन रोडमा प्रहरीले कडाईका साथ निषेधाज्ञा पालना गराइरहेको छ भने भित्रि गल्लीहरुमा बाइक, साइकल तथा पैदल यात्री निर्वाद रुपमा हिडडुल गरिरहेका छन्।

त्यसैगरी, नेपालमा निषेधाज्ञा जारीपछि नेपालमा रोजगारी गरी बस्दै गएको भारतीय नागरिकहरु भारतको विहार, युपी राज्यमा ठुलो संख्यमा फिर्ता गइरहेका छन्। घरपरिवारका साथमा हातमा ठुलाठुला झोला बोकेर उनीहरु वीरगंज नाका भएर भारत फर्किरहेका छन् भने भारतबाट पनि नेपाल फर्किनेहरु पनि वीरगंज नाकाको हेल्प डेस्कमा स्वास्थ्य मापदण्ड पालना गरी स्वदेश फर्किरहेका छन्। यस्तो र वीरगंजको निषेधाज्ञाको दोस्रो दिनको दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell