PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

श्रीमतीको हत्या अभियोगमा श्रीमान् समातिए



पहिलोपोस्ट

श्रीमतीको हत्या अभियोगमा श्रीमान् समातिए

काठमाडौंः श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले हत्या अभियोगमा नबलपरासी पश्चिम प्रतापपुर गाउँपालिकाका ३५ वर्षीय उमेश हरिजनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयको टोलीले उमेशलाई बिहिबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

उनले ३० वर्षीया सलन्ती हरिजनको हत्या गरेको अनुसन्धानमा देखिएपछि नियन्त्रणमा लिएको हो। घरायसी बिषयमा उनीहरूबिच झै-झगडा भई कुटपिट हुँदा सलन्ती गम्भीर घाइते भएकी थिइन्। उनको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell