PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

रुसी राजदूतसँग प्रधानमन्त्रीको आग्रह : 'स्पुतनिक भी' छिटो उपलब्ध गराउन पर्‍यो



रासस

रुसी राजदूतसँग प्रधानमन्त्रीको आग्रह : 'स्पुतनिक भी' छिटो उपलब्ध गराउन पर्‍यो
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गरेका छन्।

नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन्।     

राजदूत नेभिकोभ सहितका प्रतिनिधिले नेपाललाई खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए। औषधि व्यवस्था विभागले ‘स्पुतनिक–भी’ लाई नेपालमा प्रयोग गर्नका लागि अनुमति प्रदान गरिसकेको छ।     

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार भएको भेटमा दुई देशबिचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिनेबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell