PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओली र प्रचण्ड बिच रोकिएको छैन कुराकानी : संवाद हुन्छ तर गैर राजनीतिक!



पहिलोपोस्ट

ओली र प्रचण्ड बिच रोकिएको छैन कुराकानी : संवाद हुन्छ तर गैर राजनीतिक!

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच शितयुद्ध कायम नै छ। उनीहरुबिचको टकराव व्यक्तिगत भन्दा पनि राजनितिक विषयमा हुने गरेको छ। नेकपाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनेपछि दुई जनाबिचको संवाद सधैं चासोमा पर्ने गरेको छ किनकि त्यो 'दुर्लभ' विषय हो।

प्रतिनिधिसभा विघटन र एमाले माओवादी ब्युँतिएको धेरै समयसम्म पनि दुवै नेताबिच संवाद नै हुन सकेको थिए। तर, अहिले भने बेलाबेलामा भने टेलिफोनमा कुराकानी हुने गरेको प्रचण्डले नै खुलासा गरेका छन्।

त्यसो त वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष दाहाललाई फोन गरेका थिए। ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा ओलीले आफूलाई फोन गरेको अध्यक्ष दाहालले नै सार्वजनिक कार्यक्रममा बताएका थिए।

त्यस्तै, पछिल्लो समय पनि अध्यक्ष दाहाल र प्रधानमन्त्री ओली बिच टेलिफोनमा कुराकानी भएको छ। हिमालय टेलिभिजनमा अन्तर्वातामा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग फोनमा कुराकानी भएको स्वीकारे। तर, दुईजना बिचको टेलिफोन संवाद गैर राजनितिक विषयमा हुने गरेको उनले बताए।

अध्यक्ष दाहाल पत्नी सीता अस्वस्थ छिन्। केही समययता उनलाई अस्पतालमा भर्ना गरेरै उपचार थालिएको छ। त्यही सन्दर्भमा ओलीले नै प्रचण्डलाई फोन गर्ने गरेका हुन्। 

'उहाँ फोन गर्नुहुन्छ। सीताजीको स्वास्थ्य कस्तो छ? मेरो शुभकामना छिटो स्वास्थ्य लाभको लागि भन्नुहुन्छ मीठोसँग। यस्ता कुरामा हामी गरिराख्छौं। कुरै नगर्ने पनि होइन,' अध्यक्ष दाहालले अन्तर्वार्ताका क्रममा भनेका छन्।

ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड र ओली बिच एक्ला एक्लै संवाद भएको छैन। अप्रत्यक्ष रुपमा संवाद भइरहेको भए पनि भेटघाट नभएको चाहिँ धेरै भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell