PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अब लुम्बिनी प्रदेशमा ८१ सांसद, प्रदेश सचिवालयको वेबसाइटमा भयो अपडेट



पूजा पन्थी

अब लुम्बिनी प्रदेशमा ८१ सांसद, प्रदेश सचिवालयको वेबसाइटमा भयो अपडेट

बुटवल : लुम्बिनी प्रदेशसभामा अब ८१ जना मात्रै सांसद भएका छन्। लुम्बिनी प्रदेशसभा सचिवालयको वेबसाइटमा ८१ जना सांसदको नाम मात्रै अपडेट गरिएको छ। 

शुरुवातमा ८७ जना सांसद रहेको प्रदेशसभामा रहेका नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका २ जना सांसद र जसपाबाट मन्त्री बनेका ४ जना सांसद पदबाट हटाइएपछि सचिवालयले वेबसाइटमा नयाँ सूचीमात्र अपडेट गरेको हो। 

माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेमा दधिराम न्यौपाने र दिनेश पन्थीलाई यसअघि नै सांसद पदबाट हटाइएको थियो। यसैगरी जसपाबाट मन्त्री बनेका ४ जनालाई पनि पार्टीले कारबाही गरी सांसद पदबाट हटाएको छ। जसपाबाट मन्त्री बनेका सन्तोष कुमार पाण्डे , विजय बहादुर यादव, कल्पना लम्साल र सुमन शर्मा रायमाझीलाई सांसद पदबाट हटाइएको हो। 

अब नेकपा एमालेका ४१ सांसद लुम्बिनी प्रदेशसभामा रहेका छन्। नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७ जना, जसपाका २ र जनमोर्चाका १ जना सांसद रहेका छन्।

यता हटाइएका मध्ये जसपाका २ जना मन्त्री समानुपातिकतर्फका भएकाले अर्का २ जना जसपाले थप्न पाउनेछ । यसो गर्दा लुम्बिनी प्रदेशसभामा ८३ जना सांसद हुनेछन्। मुख्यमन्त्री शंकर पोखरेल जसपाको कारवाहीले थप सुरक्षित हुन पुगेका छन्। अविश्वासको प्रस्ताव एमालेकै सांसदले फ्लोर क्रस नगरेसम्म पास हुने सम्भावना घटेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell