PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

कोभिड १९ विरुद्ध लड्न भारतीय फुटबल टोलीका कप्तान क्षेत्रीले 'डेडिकेट' गरे आफ्नो ‘ट्वीटर ह्याण्डल’



पहिलोपोस्ट

कोभिड १९ विरुद्ध लड्न भारतीय फुटबल टोलीका कप्तान क्षेत्रीले 'डेडिकेट' गरे आफ्नो ‘ट्वीटर ह्याण्डल’
Photo: PTI

भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले उनको ट्वीटर ह्याण्डल कोभिडसँग लडिरहेका ‘रियल लाइफ हिरोज’ हरुलाई 'डेडिकेट' गरेका छन्। उनले ट्वीट गर्दै केही हप्ताको लागि आफ्नो ट्वीटर ह्याण्डल हस्तान्तरण गरेको बताएका हुन्। धेरै मानिसबिच कोभिड १९ सँग सम्बन्धित सूचनाहरु पुर्‍याउन र सहयोग जुटाउन यसले सहयोग हुने उनले विश्वास व्यक्त गरेका छन्। 
 

उनले आफ्नो ह्याण्डल 'डेडिकेट' गरेसँगै अस्पतालको बेड, प्लाज्मा डोनेसन, एम्बुलेन्स, अक्सिजन सिलिन्डर, कोभिड परीक्षणसँग सम्बन्धित पोस्टहरु लगातार आइरहेका छन्।

क्षेत्री आँफै पनि यसअघि कोभिड संक्रमित भइसकेका छन्। यद्यपि उनी ठीक भएर मैदानसमेत फर्किइसकेका छन्।

यही महिनाको सुरुमा त्रिभुवन आर्मी फुटबल क्लबले गोवामा एएफसी कपको प्रिलिमिनरी राउण्डमा खेल्दा बेङ्ग्लुरु क्षेत्रीको कप्तानीमा उत्रिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell