PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वियोन्सेलाई राजनराजको उपहार 'ल्यासे पाउँ'



पहिलोपोस्ट

वियोन्सेलाई राजनराजको उपहार 'ल्यासे पाउँ'

गत वर्षको लकडाउनताका एउटा गीत निकै चर्चामा रह्यो। 'फुलबुट्टे सारी' बोलको त्यस गीतमा टिकटक बनाउनेहरू उत्तिकै। राजनराज शिवाकोटीले लेखेर १२ वर्षअघि नै संगीत भरेको गीतलाई गाएका थिए मार्मिक लामाले।

एकाएक भाइरल भएपछि गीतको नयाँ भर्सन, फिमेल भर्सन, चाइल्ड र लिजेन्डरी भर्सनसम्म बनाइयो। सबैको चर्चा उस्तै।

युगान्डाकी द क्याप्टेन वियोन्से फाम्सीले कभर गरेपछि गीतसँगै चर्चामा आइन् विदेशी मूलकी ती गायिका। उनको कभर भर्सनसँगै चर्चा भयो, नेपाली गीतको अन्तर्राष्ट्रियकरण भएको।

लगत्तै गीतका सर्जक राजनराज शिवाकोटीले वियोन्सेलाई नयाँ गीतको अफर गरे। गाउने भइन् – ल्यासे पाउँ। शिवाकोटी भन्छन्, 'उहाँले नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु भएको छ। मैले उहाँलाई सम्मान स्वरुप उपहार दिएको हुँ नयाँ गीत।'

राजनराज शिवाकोटीले मुन्द्रेको कमेडी क्लबमार्फत् वियोन्सेलाई गीत गाउन निमन्त्रणा पठाएका थिए। साथै उनले पनि राजनराज शिवाकोटीको अफरलाई कार्यक्रममै स्विकार गरेकी थिइन्। फलस्वरुप दुबैको स्वरमा 'ल्यासे पाउँ' बोलको गीत सार्वजनिक भएको छ।

वियोन्सेलाई सुहाउँदो र नेवारी संस्कृतिलाई समेटेर गीत बनाएको उनले बताए। वियोन्सेसँग सहकार्य सहज र उत्साहजनक भएको बताउँछन् उनी।

मन्दिरा ढुंगेलको शब्द रहेको गीतमा राजनराजले नै संगीत भरेका हुन्। राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजनराज र बियोन्से नै फिचर्ड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell