काठमाडौं : पछिल्लो केही दिनयता देशभर कोरोना सक्रमण दर ह्वातै बढेको छ। संक्रमितको मृत्युदर पनि बढेर गएको छ। १५ दिनको अवधिमा कोभिड १९ संक्रमित जिल्लाहरु थपिँदै गएका छन्। यसैक्रममा दुई सातामा संक्रमण अति प्रभावित जिल्लाहरु पनि थपिएका छन्। यस अवधिमा अति प्रभावित जिल्लाहरु १४ वाट २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले आज दिउँसो जारी गरेको विज्ञप्तिमा अति प्रभावित जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर रहेको उल्लेख छ।
यसअघि मन्त्रालयले वैशाख २ गते जारी गरेको विज्ञप्तिमा १४ वटा जिल्लामा मात्र अति प्रभावित थिए। पछिल्लो समय थपिएका जिल्लाहरुमा झापा, सुनसरी, पाल्पा, कंचनपुर, कपिलवस्तु, मकवानपुर, काभ्रेपलाञ्चोक र बर्दिया रहेका छन्।
पछिल्लो केही दिन यता २४ घण्टामा देशभर ४ हजारभन्दा बढी संक्रमित थपिएका छन्
आज मन्त्रालयले जारी गरेको अपीलमा स्थिति संकटपूर्ण हुँदै गएको उल्लेख गर्दै मन्त्रालयले सर्वसाधारणलाई जनस्वाथ्यका मापदण्डहरु पालन गर्न आग्रह गरेको छ। मास्क लगाउन, भौतिक दुरी कायम राख्न, साबुन पानीले हात धुन लगायतका विषयलाई अपीलमा प्राथमिकता दिइएको छ।
यो पनि पढ्नुस
