PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

वैकल्पिक सरकारबारे पत्रकारलाई देउवाको प्रश्न : अविश्वासको प्रस्ताव केका लागि गर्ने हो?,एमसीसीबारे प्रचण्डसँग कुनै सम्झौता नभएको दाबी



नेत्र तामाङ

वैकल्पिक सरकारबारे पत्रकारलाई देउवाको प्रश्न : अविश्वासको प्रस्ताव केका लागि गर्ने हो?,एमसीसीबारे प्रचण्डसँग कुनै सम्झौता नभएको दाबी

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार गठनका लागि आफ्नो पार्टीमा संख्या नपुग्ने दोहोर्‍याएका छन्। आज आफ्नै निवास बुढानिलकण्ठमा कोरोना संक्रमण रोकथामका लागि सरकारसँग ११ बुँदे माग प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

देउवाले सरकार गठनका लागि कांग्रेसले चाहेर मात्र नहुने अडान दोहोर्‍याएका थिए। 'संख्या पुग्नुपर्‍यो नि। संख्या पुगेको छैन। चाहेर हुन्छ?'  सभापति देउवाले भने।

'अविश्वासको प्रस्ताव दर्ता गर्न पनि संख्या पुगेन?' सम्मेलनमा सञ्चारकर्मीको भनाई सुन्नसाथ देउवाले उल्टै प्रश्न गरे, 'अविश्वासको प्रस्ताव केका लागि गर्ने हो?'

अविश्वासको प्रस्ताव पास हुने सुनिश्चितता नभई कांग्रेस अघि नबढ्ने उनको भनाई थियो।

'दर्ता गरिहाले फेल भयो भने एक वर्षसम्म दर्ता गर्नै पाउँदैन नि,' देउवाले भने।

जसपासँगको कुराकानी जारी रहेको उल्लेख गर्दै देउवाले यसबारे सहमति भएपछि सबैले जानकारी पाउने बताए। ‘छलफल भइरहेको छ, के के कुरा भइरहेको भन्नेबारे त सबै कहाँ भन्छु यार, पछि निश्चित भएपछि भनौंला, तपाईँहरू सबैलाई बोलाएरै भनौँला नि,’ उनले भने।

प्रचण्डसँग एमसीसीबारे सहमति भएकै छैन

कांग्रेस सभापति देउवाले एमसीसीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुनै सहमति नभएको तर्क गरेका छन्। एमसीसी पास गर्न तयार भएमा कांग्रेस माओवादीसँग नयाँ सरकार गठनका लागि तयार रहेको विषयमा प्रश्न गर्दा देउवाले यस्तो बताएका हुन्। 'प्रचण्डसँग एमसीसीबारे सहमति भएकै होइन, होइन, होइन,' देउवाले भने।

एमसीसी आफ्नो पालामा सुरु नभएको उल्लेख गर्दै तर आफू एमसीसीको पक्षमा रहेको देउवाको भनाई थियो।

'मेरो बेला आएको हैन एमसीसी। मैले सिग्नेचर गर्न पठाएकोमात्र हो,' देउवाले भने, 'त्यत्रो ठुलो ग्रान्ट हो यो। ब्याजस्याज छैन। तिर्नुपर्ने पनि हैन। त्यत्रो ठुलो सहयोगमा झुटा प्रचार गरिएको छ। अमेरिकी सेना आउँछ भनेको छ। यो हुँदै होइन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell