PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नामिबियासँगको एकदिवसीय सिरिजलगायत सबै क्रिकेट प्रतियोगिता स्थगित



पहिलोपोस्ट

नामिबियासँगको एकदिवसीय सिरिजलगायत सबै क्रिकेट प्रतियोगिता स्थगित

काठमाडौं : कोरोनाको बढ्दो महामारीपछि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएसँगै क्रिकेटका गतिविधि सबै अनिश्चित कालका लागि स्थगित हुने भएका छन्। नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति निकाल्दै क्रिकेटका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताहरु सबै स्थगित भएको जनाएको छ।

‘संघबाट अर्को सूचना नभएसम्म संघबाट प्रस्तावित राष्ट्रिय प्रतियोगिताहरु लगायत जिल्ला छनोट एवम् प्रादेशिक प्रतियोगिता तथा विभिन्न राष्ट्रसँग हुने भनिएका द्विपक्षिय तथा त्रिपक्षीय सिरिज तत्कालका लागि स्थगित गरिएको छ’, संघको विज्ञप्तिमा भनिएको छ, ‘सोही अनुसार जिल्ला एवम् प्रादेशिक संघहरुले क्रिकेट खेलको सम्पूर्ण गतिविधिहरु संघबाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्नुहुन यसै सूचनामार्फत जानकारी गराइन्छ।’

यसअघि चैत अन्तिम सातमा बसेको क्यानको वैठकले मे महिनाको तेस्रो हप्तामा नामिबियासँग एक दिवसीय सिरिजको तयारी अघि बढाउने निर्णय गरेको थियो। त्यस्तै यू १९ क्रिकेट प्रतियोगिता सञ्चालनका लागि प्रायोजक खोजेको थियो। त्यस्तै महिला राष्ट्रिय टोलीले खेल्ने भनिएको भारतको उत्तराखण्ड महिला टोलीसँगको टी २० र एकदिवसीय सिरिज पनि यसअघि नै स्थगित भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell