PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

कोरोना संक्रमित रणधीर कपूरलाई आइसीयूमा सारियो



पहिलोपोस्ट

कोरोना संक्रमित रणधीर कपूरलाई आइसीयूमा सारियो
Photo: indianexpress.com

भारतीय अभिनेता रणधीर कपूर आइसीयूमा भर्ना गरिएको छ। कोरोना संक्रमित भएका रणधीर कपूरलाई आइसीयूमा भर्ना गरिएको हो। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पताल लगिएको थियो

उनले आफूलाई आइसीयूमा सारिएता पनि स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

कपूरले ई टाइम्ससँगको अन्तर्वार्तामा भने, ‘मलाई आइसीयू वार्डमा सिफ्ट गरिएको छ। अस्पतालमा मेरो निकै राम्रो तरिकाले हेरविचार गरिँदै छ। सबै कुरा नियन्त्रणमा छ। म जतिबेला पनि डाक्टरले घेरिएको अवस्थामा छु।’

रणधीरका ५ अन्य कर्मचारी पनि कोरोनाद्वारा संक्रमित भएका छन्। उनीहरु पनि अस्पतालमा भर्ना भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell