PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

जनकपुरस्थित मालपोत र नापी कार्यालय अनिश्चितकालका लागि बन्द



पहिलोपोस्ट

जनकपुरस्थित मालपोत र नापी कार्यालय अनिश्चितकालका लागि बन्द

जनकपुरधामः कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि जनकपुरधामस्थित भूमिसुधार तथा मालपोत र नापी कार्यालय आइतबारदेखि बन्द गर्न लागिएको छ। अर्को सूचना जारी नभएसम्मका लागि मालपोतमा मुद्दाबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको मालपोत कार्यालय जनकपुरका प्रमुख मालपोत अधिकृत बासुप्रसाद कोइरालाले जानकारी दिए।

कारोनाबाट मानिसहरु प्रभावित भइरहेको र जिल्लामा पनि संख्या बढ्दै गइरहेकाले जोखिम नियन्त्रण गर्न सबै प्रवाह कटौती गरिएको कोइरालाले बताए।

आइतबारदेखि नापी कार्यालय धनुषाले पनि आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको छ। अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा स्थगित गर्ने निर्णय गरिएको नापी अधिकृत विन्देश्वर यादवले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell