वीरगंज : वीरगंजमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। नेशनल मेडिकल कलेज कोरोना अस्पतालमा वीरगंज-९ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो।
उनको शुक्रवार साँझ ५:३० वजे मृत्यु भएको हो। मंगलवार पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएकी उनलाई बुधवार अस्पताल भर्ना गरिएको थियो।