PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

निषेधाज्ञा थप कडा हुने, निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय



पहिलोपोस्ट

निषेधाज्ञा थप कडा हुने, निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय

काठमाडौं: काठमाडौं उपत्यका लगायतका स्थानमा जारी निषेधाज्ञालाई सरकारले थप कडा बनाउने भएको छ। बिहीबारदेखि जारी निषेधाज्ञा र देशभरको संक्रमणको अवस्थाको मुल्याङ्कन गरी थप कडा गर्ने सरकारले तयारी गरेको हो।

शुक्रबार सिंहदरवारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वैठकले निषेधाज्ञा कडा बनाउन मन्त्रिपरिषदलाई सिफारिस गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

संघीय मन्त्रीहरुलाई प्रदेशमा समन्वय गर्ने जिम्मेवारी तोक्न पनि बैठकले सिफारिस गरेको छ। बैठकले निजी अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell