PahiloPost

May 15, 2026 | १ जेठ २०८३

सार्वजनिक निर्माणका सम्पूर्ण कामहरु बन्द गर्न सीसीएमसीको सिफारिस



पहिलोपोस्ट

सार्वजनिक निर्माणका सम्पूर्ण कामहरु बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं : निषेधाज्ञा जारी भएका जिल्लाहरुमा एक चौथाई मात्रै कार्यालयहरु सञ्चालनमा ल्याउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारलाई सिफारिस गरेको छ। शुक्रवार सिंहदरवारमा बसेको सीसीएमसीको बैठकले संघीय मन्त्रीहरुलाई प्रदेश समन्वय गर्ने गरी खटाउन मन्त्रिपरिषद्लाई सिफारिस समेत गरेको छ।

त्यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण कामहरु बन्द गर्न सिफारिस समेत गरेको छ। उद्योगधन्दा सञ्चालन गर्ने भए मजदुर कर्मचारीलाई उद्योगभित्रै राखेर सञ्चालन गर्न पनि निर्देशन दिइएको छ।

यस्तै, बैठकले निजी अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने पनि निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell