PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एनएसएल : बराबरीमा रोकिए काठमाडौं रेजर्स र पोखरा थण्डर्स

एनएसएल : बराबरीमा रोकिए काठमाडौं रेजर्स र पोखरा थण्डर्स

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को तेस्रो चरणको खेलमा आज काठमाडौं रेजर्स र पोखरा थण्डर्स बराबरीमा रोकिएका छैन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं र पोखरा गोलरहित बराबरीमा रोकिएका हुन्।

दुबै टोलीले खेलका क्रममा राम्रा अवसर बनाए पनि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए। समान ३ खेल खेलेका पोखरा र काठमाडौंले १ जित, १ हार र १ बराबरी खेल्दै ४ अंक जोडेका छन्। शीर्ष चारभित्र रहेका बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, पोखरा थण्डर्स र काठमाडौं रेजर्सको समान ४ अंक छ। जसमा अन्य टिमले ३ खेल खेलेका छन् भने शीर्षस्थानको बुटवलले २ खेलमात्र खेलेको छ।

प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी फुटबल क्लब, एफसी चितवन, काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब गरी ७ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell