PahiloPost

May 15, 2024 | २ जेठ २०८१

त्रिशुली अस्पतालमा ६४ जनाको स्वाब परीक्षण गर्दा ६२ जनामा कोरोना पोजिटिभ



पहिलोपोस्ट

त्रिशुली अस्पतालमा ६४ जनाको स्वाब परीक्षण गर्दा ६२ जनामा कोरोना पोजिटिभ

काठमाडौं : नुवाकोटको त्रिशुली अस्पतालको कोरोना ल्याबमा ६४ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

त्रिशुली अस्पतालमै लिइएका ४६ स्वाबमध्ये ४५ जना, कालिका गाउँपालिका रसुवाका १४ स्वाब मध्ये १३ जना, निलकण्ठ नगरपालिका धादिङका ३ मध्ये ३ जना र गल्छी गाउँपालिका धादिङका १ मध्ये १ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै, त्रिशुली अस्पतालका पाँच जना चिकित्सक सहित ८ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ। अस्पतालमा हाल १० जना कोरोना संक्रमितले उपचार भइरहेको र ३ जना आइसीयूमा रहेको मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell