PahiloPost

May 15, 2026 | १ जेठ २०८३

आईपीएल : बेङ्ग्लोरविरुद्ध पञ्जाबको ३४ रनको जित



पहिलोपोस्ट

आईपीएल : बेङ्ग्लोरविरुद्ध पञ्जाबको ३४ रनको जित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रवार भएको खेलमा पञ्जाब किङ्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि जित निकालेको छ। अह्मेदावादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा पञ्जबले बेङ्ग्लोरमाथि ३४ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन मात्रै बनाउन सक्यो।

पञ्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै सर्वाधिक ९१ रन बनाउँदा क्रिश गेलले ४६ रन बनाए। त्यस्तै, हरप्रीत ब्रारले २५ रन जोडे। बेङ्ग्लोरका लागि कायल जेमिसनले २ तथा डेनियल साम्स, युजभेन्द्र चहल र सहबाज अहमेलले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरका लागि कप्तान बिराट कोहलीले ३५ रन बनाउँदा रजत पतिदार र हर्शल पटेलले समान ३१/३१ रन जोडे। त्यस्तै, कायल जेमिसनले १६ रन बनाए। पञ्जाबका हरप्रीत ब्रारले ३ र रवि बिश्नोईले २ तथा राइली मेरेडिथ, मोहम्मद शामी र क्रिश जोर्डनले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell