PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

बुटवलमा २ घण्टाको अवधिमा २ जना संक्रमितको मृत्यु



पूजा पन्थी

बुटवलमा २ घण्टाको अवधिमा २ जना संक्रमितको मृत्यु

बुटवल : कोरोना विशेष अस्पताल बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपचाररत नवलपरासी र रुपन्देहीका गरी २ जना संक्रमितको बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले बताए।

नवलपरासी रामग्रामकी ४५ वर्षीया महिलाको बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको छ भने रुपन्देही शुद्धोधन ५ का ५५ वर्षीय पुरुषको आज बिहान ५:४५ बजे मृत्यु भएको हो।

रामग्राम १० की महिला कोरोना पुष्टि भएपछि हिजोमात्र अस्पताल भर्ना भएकी थिइन् भने शुद्धोधनका पुरुषको १३ गते संक्रमण पुष्टि भए पनि १६ गते अस्पताल भर्ना भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell