PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा थपियो ३६ एचडीयु बेड



पूजा पन्थी

बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा थपियो ३६ एचडीयु बेड

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले धागो कारखानामा सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा आइसोलेसनमा अक्सिजन पाइपलाइन बिस्तारका साथ ३६ बेडको हाइ डिपेन्डेन्सी युनिट(एचडीयू) सञ्चालनमा आएको छ। साथै अस्पतालमा १६ बेडको आइसीयु सञ्चालनमा आएको छ। अस्पतालकाअनुसार अब धागो कारखानामा अब ५२ बेड सञ्चालनमा रहनेछन्।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालका अनुसार धागो कारखानामा अक्सिजन पाइपलाइन बिस्तारका साथ ३६ बेडको एचडीयू बेड सञ्चालनमा आएको हो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले यसरी व्यवस्थापन गरेको बताए।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले अस्पताल परिसरमा फिभर स्क्रिनिङ क्लिनिक सञ्चालनदेखि शुरु भएको कोभिड ब्यवस्थापन यात्रा धागो कारखाना स्थलमा आइसोलेसन कक्ष ब्यवस्थापन, धागो कारखाना स्थलमा कोभिड आईसीयू निर्माण, अस्पताल परिसरमा पीसीआर ल्याबको स्थापना, अस्पतालभित्रै कोरोना पोजिटिभको लागि अप्रेसन थिएटर, अस्पतालपरिसरमा कोरोना पोजेटिभको लागि डायलाइसिस कक्ष हुँदैफिवर क्लिनिकसंगै फिवर क्लिनिक आइसोलेशन वार्ड, अस्पतालमा ओपीडी कक्षाहरु र ईमरजेन्सी बिस्तार, अस्पतालमा नयाँ इमर्जेन्सीको लागि प्रयोग हुने भवनमा २५ बेड्को एचडीयू कक्षको निर्माण सम्पन्न हुने क्रममा करिब अन्तिम चरणमा पुगेको डा खनालले जानकारी दिए।

मुख्य अस्पतालको इमर्जेन्सी सबै कोभिड पोजिटिभ बिरामीले भरिएको अवस्था रहेको उनको बताए। उनले भने, ‘धेरै गार्हो छ, माग अनुसार तुरुन्तै क्षमता बिस्तार गर्न। सकेसम्म बलबुताले भ्याएसम्म काम गरेकै छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell