PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

पूर्व सांसद विदुर पौडेलको निधन



रासस

पूर्व सांसद विदुर पौडेलको निधन

काठमाडौं : राष्ट्रियसभाका पूर्व सदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकूलपति प्राध्यापक विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान निधन भएको छ।

यही वैशाख ११ गते कोभिड १९ विरुद्धको पहिलो खोप लगाएपछि उनलाई मष्तिष्कघात भएको थियो।  उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उनको उपचार भएको थियो। शुक्रबार बेलुका चिकित्सकले ठीक नहुने बताएपछि उनलाई पशुपति आर्यघाटमा लगिएको थियो।        

नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य, अधिकार सम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्व अध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्व सञ्चालक सदस्य पौडेल पछिल्लो समय भतिजा परमेश्वरका साथमा गुह्येश्वरीस्थित आफ्नै निवासमा बस्दै आएका थिए। अविवाहित पौडेल छ दाजुभाइमध्ये जेठा हुन्। पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

सदाचारी एवं इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा प्राध्यापन गरेका थिए। प्राध्यापनपछि उनी राष्ट्रियसभाका सदस्य बनेका थिए। सांसद हुँदा सुविधाका लागि गाडीका रूपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उनले खुलेर विरोध गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell