PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

टोखामा एक युवती र बौद्धमा एक पुरुष मृत फेला



पहिलोपोस्ट

टोखामा एक युवती र बौद्धमा एक पुरुष मृत फेला
प्रतिकात्मक तस्बिर

काठमाडौंः शुक्रवार काठमाडौंका दुई स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्।

टोखा नगरपालिका ५ श्रीटोल र काठमाडौं नगरपालिका ६ बौद्धमा दुई जना मृत अवस्थामा फेला परेका हुन्। टोखामा रामेछाप मन्थली नगरपालिका घर भएकी २२ वर्षीया लक्ष्मी घिमिरे मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। उनी आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

यसैगरी बौद्ध टुसाल बस्ने ५६ वर्षीय छिरिङ कुमार लामा मृत फेला गरेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell