PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

२४ घण्टाभित्र बाँकेमा ६ जना कोभिड संक्रमितको मृत्यु



रासस

२४ घण्टाभित्र बाँकेमा ६ जना कोभिड संक्रमितको मृत्यु

बाँके ट्ठ बाँकेमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन्। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। यही वैशाख १६ गते भर्ना गरिएका उनको शुक्रवार गते साँझ ७ बजे पीसीआर गरिएको थियो। उनको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो।

नेपालजञ्ज उपमहानगरपालिका–६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा राति साढे ९ बजे  मृत्यु भएको छ। यही वैशाख १५ गते भर्ना गरिएका उनको १६ गते पीसीआर गरिएको थियो। नेपालगञ्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका–५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ। यहि बैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलीपल्ट पीसीआर गरिएको थियो। उनको शुक्रवार  राति १० बजे उनको मृत्यु भएको हो। ने

पालगन्ज–१० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका बिरामीको आज बिहान ४ बजे मृत्यु भएको हो। मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। वैशाख १० गते कोहलपुरमा भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो। राति साढे १२ बजे उनको मृत्यु भएको हो।

दाङ दगीशरण गाँउपालिका वडा नम्बर १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। उनलाई वैशाख ८ गते अस्पताल भर्ना गरिएको र ११ गते पीसीआर गरिएको थियो। उनको आज बिहान ४ बजे मृत्यु भएको हो।

यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell