PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

सरकारलाई विवेकशील पार्टीको ६ बुँदे सुझाव : सेना र प्रहरीको सहयोगमा अस्थायी उपचार केन्द्र बनाउ



पहिलोपोस्ट

सरकारलाई विवेकशील पार्टीको ६ बुँदे सुझाव : सेना र प्रहरीको सहयोगमा अस्थायी उपचार केन्द्र बनाउ

काठमाडौं : विवेकशील साझा पार्टीले सरकारले कोभिड १९ सङ्क्रमणको कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको र सङ्क्रमितलाई अस्पतालमा शय्या उपलब्ध गराउनसमेत नसकिने भनि स्वास्थ्य मन्त्रालयको भनाइमा आपत्ति जनाएको छ।

साझा पार्टीले शनिवार जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सरकारले यस्तो भन्नु सरकारले लत्तो छाडेको संज्ञा दिएको छ। त्यस्तै यो सरकारको गैर जिम्मेवारीपूर्ण र गम्भीर आपत्तिको विषय भएको उल्लखे गरिएको छ।

कोरोना संक्रमणको सामना गर्ने प्रयाप्त तयारीको अवसर हुँदा हुदै पनि सरकारले गर्ने नसकेको भन्दै साझा पार्टीले ६ बुँदे सुझाव समेत दिएको छ।

साझा पार्टीका ६ बुँदे सुझाव

१) काठमाडौँ उपत्यकासहित देशका प्रमुख शहरहरूका निजी अस्पतालहरूमा समेत कोरोना सङ्क्रमितको उपचारको व्यवस्था तथा निजी अस्पतालसँग सम्बद्ध जनशक्ति र स्रोत-साधनको समुचित प्रयोग।

२) सेना र प्रहरीसमेतको सहयोग लिएर कोरोनाबाट प्रभावित सबै क्षेत्रमा अस्थायी उपचार केन्द्रहरूको स्थापना।

३) सेना र प्रहरीकासहित देशभित्र र देश बाहिर रहेका सबै सेवा निवृत्त चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचार सेवामा स्वयंसेवी भई सहयोग गर्न अपिल।

४) मित्र राष्ट्रहरू खास गरी चीनसँग विपद् व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन, भेन्टिलेटर, पी.पी.ई. जस्ता आवश्यक सामग्री सहयोगको अपिल।

५) हाल रोकिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम व्यवस्थित बनाएर तत्काल पुनः सञ्चालन।

६) निषेधाज्ञा अवधि लम्ब्याउनुपर्ने अवस्था आइ परे श्रमिक तथा दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न वर्ग विगतमा जस्तै खानै नपाउने गरी समस्यामा पर्ने हुनाले त्यस्तो स्थिति आउन नदिन अहिलेदेखि नै आवश्यक तयारी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell