PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निषेधाज्ञामा रोकिएको छैन श्रमिकका कर्म

निषेधाज्ञामा रोकिएको छैन श्रमिकका कर्म

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आज मे १। अन्तराष्ट्रिय श्रमिक दिवस। हरेक वर्ष श्रमिकहरुको सम्मान र अधिकार स्थापना हुनुपर्ने नारा सहित यो दिवास मनाइन्छ। सामान्य अवस्था भएको भए यतिखेर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेको हुन्थ्यो। तर, कोरोना भाइरसको संक्रमणका कारण यतिखेर काठमाडौं उपत्यकासहित संक्रमणको उच्च जोखिम रहेको क्षेत्रहरुमा निषेधाज्ञा लागू छ। त्यसैले नाराजुलुस सहित शक्ति प्रदर्शन गर्ने होड यसापाला छैन।

कोभिड १९ को बढ्दो संक्रमणको 'चेन ब्रेक' गर्न भन्दै जारी गरिएको निषेधाज्ञामा नागरिहरु घर भित्रै बस्न बाध्य छन्। यो बेलामा सबैभन्दा बढी मारमा छन् श्रमिक नै। दैनिक पसिना बगाएर गुजारा गर्नेहरुको जिजीविषा अहिले रोकिएको छ। उनीहरुको हालत बयान गरिसक्ने अवस्था छैन।

श्रमिक दिवसभन्दा दुई दिन अघि सुरु भएको निषेधाज्ञाका कारण धेरै मजदूरहरुले काठमाडौं उपत्यका छाडे। कोभिड १९ सँगै भोकबाट बच्न उनीहरु खचाखच भरिएका बसमा गाउँ फर्किए।

अझै धेरै मजदूर शहरमै आश्रित छन्। निषेधाज्ञाले ओझेलमा पारेको मजदूरहरु श्रममै खटिएका छन्। सुनसान सडकमा कोही रिक्सामा यात्रुको अपेक्षामा छन्। तर यो समय कहाँ पाउनुयात्रु? त्यसैले रिक्सामा नै उनीहरु आराम गरिरहेका छन्। 

केही श्रमिक निर्माण कार्यमा खटिएका छन्। यस्तै, काठमाडौंको सरसफाईमा समेत श्रमिकहरु बिहानै देखि खटिरहेका छन्। श्रमिकको जिजीविषा अहिले ठप्प भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell