PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मोदीले चाहेको भए नियन्त्रण गर्न सक्थे कोभिड-१९ सकंट, मार्च अगाडि नै वैज्ञानिक सल्लाहकारहरुले चेतवानी दिएका थिए भयावह अवस्थाको



पहिलोपोस्ट

मोदीले चाहेको भए नियन्त्रण गर्न सक्थे कोभिड-१९ सकंट, मार्च अगाडि नै वैज्ञानिक सल्लाहकारहरुले चेतवानी दिएका थिए भयावह अवस्थाको

अप्रिल १७, विधानसभा निर्वाचनको अगाडि, मास्क नलगाएका प्रधानमन्त्री नरेन्द्र मोदी उत्साही समर्थकहरुको भीडमा उत्साही हुँदै बोलिरहेका थिए- मैले कुनै र्‍यालीमा यती ठूलो जमात देखेको थिइन्।

उनको देश मानवीय संकटसँग जुधिरहेको थियो। त्यस दिन भारतमा दुई लाख ६१ हजार बढी नयाँ कोभिड-१९ का संक्रमित पहिचान भएका थिए। त्यतिवेला सम्म भारतको त्यो रेकर्ड थियो।

र यो थप खराब हुने तर्फ जाँदै थियो। अप्रिल २२ पछि हरेक दिन तीन लाख बढी संक्रमित पहिचान हुँदै आएका छन्। जुन हरेक दिन विश्वभरी पुष्टि भएका नयाँ संक्रमितको आधा हो। हाल राजधानी नयाँ दिल्ली कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको दाहसंस्कारका लागि दाउराको अभाव हुँदै गएको छ। अस्पतालहरु भरिएका छन् र अक्सिजनको अभाव देखिएको छ। २ प्रतिशत मात्र जनसंख्यामा खोप दिइएको छ। विश्वका नेताहरु अहिले भारतलाई सहयोगको हात बढाइरहेका छन्।

पछिल्लो दुई साता विश्वभर कोभिड-१९ संक्रमणको संख्या घट्दै जाँदा भारतमा भने संक्रमण बढ्दै गएको छ। विश्वरभर एक करोड १० लाखमा नयाँ संक्रमण पुष्टि हुँदा एक तीहाइ भन्दा बढी मात्र भारतमै पुष्टि भएका छन्। 

भारतीय सत्तारुढ हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टीका प्रवक्ता नरेन्द्र तनेजाले सीएनएनसँग भनेका थिए- भारतमा कोभिड-१९ को खराब दोस्रो लहर आउनुमा सरकार नै पहिलो जिम्मेवारी रहेको बताएका थिए।

'हामी शक्तिमा छौँ। हामी नै भारतको सरकार हौँ र निश्चय पनि पहिलो जिम्मेवारी हाम्रो नै हुन्छ चाहे त्यो राम्रो होस की नराम्रो।'

तर, मोदी नजिकका नेताहरु भने भारतका राज्य सरकारको असफलतालाई देखाएर पन्छिन खोज्दै आएका छन्। उनीहरुले क्षेत्रीय रूपमा राज्य सरकारले लकडाउन नलगाउनु र स्वास्थ्य प्रणाली व्यवस्थित गर्न नसक्नु कमजोरी भएको दाबी गर्दै आएका छन्। गत साता मात्र भारतका स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले अस्पतालहरुमा अक्सिजन अभाव समस्या नभएको र त्यसको वितरणमा समस्या भएको भन्दै त्यसको जिम्मेवारी राज्य सरकारको भएको भन्दै पन्छिएका थिए।

तर भारतमा धेरै विश्वास के गर्छन् भने दोस्रो वेवका लागि बढी मोदी र उनको हिन्दु राष्ट्रवादी सरकार नै जिम्मेवार छन्। उनीहरु सरकार दोस्रो वेवका लागि तयारी नगरेको र ठूला सभाहरुलाई प्रोत्सहान गरेको आरोपसमेत लगाउँछन्। अप्रिलमा हरिद्वारमा भएको कुम्भ मेलामा लाखौँको भीड जम्मा गर्नु तथा राजनीतिक र्‍यालीहरुमा सरकारकै सहभागिता हुनुलाई दोष दिन्छन्।

'सरकारले हामी सबैलाई असफल बनाएको छ,' भारतीय राष्ट्रिय कंग्रेसकी महासचिव प्रियंका गान्धीले गत साता आरोप लगाएकी थिइन्।

प्रधानमन्त्री मोदीको आलोचनासँग राजिनामा माग्न थालिएको छ। साधु सन्तहरुलेसमेत मोदीको राजिनामा माग्दै गर्दा भारतीय वैज्ञानिकहरुले पनि मोदी सरकारको आलोचना गर्न थालेका छन्। 

भारतीय वैज्ञानिक तथा स्वास्थ्य अनुसन्धानकर्ताहरुले प्रधानमन्त्री मोदीसँग कोभिड-१९ सम्बन्धी तथ्यांकहरु उपलब्ध गराउन माग गरेका छन्। भारतीय स्वास्थ्य अनुसन्धान परिषदसँग केही छिटपुट तथ्यांकहरु भए पनि त्यो प्रयाप्त नभएको भन्दै ३०० को हाराहारीमा वैज्ञानिकहरुले सबै तथ्यांक तथा डाटावेसहरु विश्वभरका विज्ञहरुलाई पहुँचका लागि खुला गर्नुपर्ने माग गर्दै अपिल जारी गरेका छन्।

'परिषदको डाटावेस सरकार बाहिरका व्यक्तिहरुको पहुँचमा छैन। हुन सक्छ सरकारमा भएकाहरुको पहुँचमा पनि नहोला,' वैज्ञानिकहरुले लेखेका छन्, 'नयाँ महामारीका इपिडिमियोलोजिकल तथ्यांकहरु वैज्ञानिक रुपमा संकलन नहुनु र समयमै वैज्ञानिक समुदायमाझ सार्वजनिक नहुनले संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा कठिनाई हुन्छ।'  

अर्को तर्फ वैज्ञानिकहरुले मार्चको सुरुवातमा नै भारत सरकारलाई यस अवस्थाको बारेमा चेतावनी दिएका थिए। भारत सरकारले गठन गरेको वैज्ञानिक सल्लाहकारको टोलीले सरकारलाई यस्तो चेतावनी दिएको ती वैज्ञानिकहरुले रोयटर्ससँग भनेका छन्।

चेतावनीका वावपजुध पनि भारतको संघीय सरकारले नियन्त्रणका कुनै प्रयास नगरेको सल्लाकार टोलीका चार वैज्ञानिकले भनेका छन्। मास्क नलगाएका लाखौँ मानिसहरु धार्भिक भेलामा तथा प्रधानमन्त्री र उनको पार्टीका नेताहरुले आयोजना गरेको राजनीतिक सभामा सहभागि भए।

दशौँ हजार किसानहरु मोदी सरकारको कृषि नीतिको विरोधमा नयाँ दिल्लीको किनारमा क्याम्प जमाएर बसे। भारतको सार्स सीओभी-२ जेनेटिक कन्सोर्टियमले मार्चको सुरुवातमै नयाँ भेरियन्टको बारेमा चेतावनी दिएको थियो। यो चेतावनी मोदीलाई प्रत्यक्ष रिपोर्ट गर्ने अधिकारीहरुलाई जानकारी दिइएको एक वैज्ञानिकले जानकारी दिएको रोयटर्सले जनाएको छ।

यस विषयमा मोदीको कार्यालयले प्रतिक्रिया दिन रोयर्टसको आग्रहलाई अस्वीकार गरेको उल्लेख छ। यो कर्न्सोर्टियमलाई गत डिसेम्बरमा मोदी सरकारले गठन गरेको थियो। यो कर्न्सोर्टियमले देशका १० राष्ट्रिय प्रयोगशालालाई एक ठाउँमा लिएर नयाँ भेरियन्टको बारेमा अध्ययन गरेको थियो। यही कर्न्सोर्टियमका बैज्ञानिकहरुले बी.१.६१७ भेरियन्ट पत्ता लगाएका थिए। जसलाई कोरोना भाइरसको इन्टियन भेरियन्टको रुपमा चिनिन्छ।    

कर्न्सोर्टियमका वैज्ञानिकहरुले मार्च १० अगाडि नै त्यहाँको स्वास्थ्य मन्त्रालयलाई तत्काल नियन्त्रणको कदम नचाले देशभर फैलिन सक्ने चेतावनी दिएका थिए। यस विषयमा भारतको स्वास्थ्य मन्त्रालयले पनि प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell