PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बराबरीमा रोकिए विराटनगर र बुटवल लुम्बिनी

बराबरीमा रोकिए विराटनगर र बुटवल लुम्बिनी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा विराटनगर सिटी एफसी र बुटवल लुम्बिनी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको दोस्रो खेलमा विराटनगर र बुटवल लुम्बिनी २-२ को बराबरीमा रोकिएका हुन्।

ओमोलाजा करिमको गोलमा खेलको छैटौं मिनेटमै बुटवल लुम्बिनीले अग्रता बनाएको थियो। तर ४२ औं मिनेटमा विराटनगरका पेड्रो माञ्जीले गोल फर्काउँदा पहिलो हाफ १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा लक्ष्मण रुचालले गोल गर्दा बुटवल लुम्बिनीले फेरि अग्रता बनायो। उनले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए। तर, खेलको अन्तिम समयमा सम्हालिन नसक्दा बुटवल लुम्बिनी अंक बाँड्न पुग्यो। खेलको अतिरिक्त समयमा बिराटनगर सिटीका सन्तोष तामाङले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए।

बराबरीसँग ३ खेलबाट ५ अंक जोडेको बुटवल लुम्बिनी तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै विराटनगर सिटीले ३ खेलबाट ४ अंक जोडेको छ।

आजै सम्पन्न पहिलो खेलमा एफसी चितवनलाई हराउँदै धनगढी एफसी शीर्षस्थानमा उक्लिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell