PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

क्रिस्टल प्यालेसमाथि सहज जित निकालेको सिटी उपाधि नजिक



पहिलोपोस्ट

क्रिस्टल प्यालेसमाथि सहज जित निकालेको सिटी उपाधि नजिक
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ। सेलहर्स्ट पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली प्यालेसमाथि सिटीले २-० को सहज जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सर्जियो अग्युरोले ५७ औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै फेरन टोरेसले त्यसको दुई मिनेट भित्रै गोल थप्दा सिटीले २-० गोलअन्तरले सहज जित निकालेको हो।

जितसँगै तालिकाको शीर्षस्थानमा रहेको सिटी उपाधि नजिक पुगेको छ। ३४ खेल खेलेको सिटी ८० अंकसहित शीर्षस्थानमा छ भने निकटतम प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेड ३३ खेलबाट ६७ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। अर्थात सिटी दोस्रो स्थानको युनाइटेड भन्दा १३ अंकले अगाडि छ।

जितसँगै सिटी उपाधि नजिकसमेत पुगेको छ। यदि म्यानचेस्टर युनाइटेड लिभरपुलसँगको खेलमा पराजित भएमा नै पनि सिटीले उपाधि सुरक्षित गर्न सक्नेछ। यो सिटीको पछिल्लो चार सिजनमा तेस्रो उपाधि हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell