PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

आईपीएल : चेन्नईविरुद्ध मुम्बईको ४ विकेटको जित



पहिलोपोस्ट

आईपीएल : चेन्नईविरुद्ध मुम्बईको ४ विकेटको जित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार भएको खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्समाथि जित निकालेको छ। दिल्लीको अरुण जैट्ले स्टेडियममा सम्पन्न खेलमा मुम्बईले चेन्नईमाथि ४ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

चेन्नईका लागि अम्बाती रायुडुले अविजित रहँदै सर्वाधिक ७२ रन बनाउँदा मोइन अलीले ५८ रन बनाए। त्यस्तै, फाफ डु प्लेसिसले ५० र रविन्द्र जडेजाले २२ रन जोडे। मुम्बईका लागि काइरोन पोलार्डले २ तथा ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईका लागि काइरोन पोलार्डले ८७ रन बनाउँदा क्विन्टन डिककले ३८ रन जोडे। त्यस्तै, रोहित शर्माले ३५, क्रुनाल पाण्ड्याले ३२ र हार्दिक पाण्ड्याले १६ रन बनाए। चेन्नईका साम करनले ३ तथा शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोइन अलीले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell