PahiloPost

May 15, 2025 | २ जेठ २०८२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिए राजीनामा



पूजा पन्थी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिए राजीनामा

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन्।

नयाँ सरकार गठनका लागि मार्ग प्रशसस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयको स्रोरले जनाएको छ। धारा १६८ को २ बमोजिम नियुक्त भएका मुख्यमन्त्री पोखरेलले धारा ७९, १ को क अनुसार नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न भन्दै राजिनामा दिएको प्रदेश प्रमुखको कार्यलयको स्रोतले जनाएको छ।

उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुने कार्यसूची रहेको थियो। उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्। प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell