PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

सडकमा हिँड्नेहरु पनि समातिन थाले, कडा बन्दै प्रहरी



पहिलोपोस्ट

सडकमा हिँड्नेहरु पनि समातिन थाले, कडा बन्दै प्रहरी

काठमाडौं : काठमाडौं उपत्यकाभित्र निषेधाज्ञाको आज चौथो दिन। स्थानीय प्रशासन कार्यालयले अघिल्लो तीन दिनको काठमाडौं उपत्यका भित्रको निषेधाज्ञालाई हेरेर थप कडाइ गर्न प्रहरीलाई निर्देशन दिएको छ। त्यस्तै, सञ्चार माध्यमलाई समेत सूचना विभागको परिचयपत्रले मात्र हिँड्न पाउने नियम बनाइएको छ।

अघिल्लो तीन दिन सम्बन्धित संस्थाको परिचयपत्रले नै हिँडन दिएको थियो। त्यस्तै, वित्तीय संस्थाहरुलाई पनि कर्मचारी कटौती गर्न भनिएको छ। सुरक्षा निकायलाई पनि सडकमा कडा चेकिङ गर्न निर्देशन दिएको छ। आइतवार बिहान प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर जाँच गरिरहेका छन्। जसले गर्दा पनि सडकमा जाम देखिएको प्रहरीले जानकारी दिएको छ।

'आजबाट चेकिङमा थप कडाई गरेका हौँ। ठाउँ ठाउँमा चेकिङ छ। त्यसैले गर्दा पनि सडकमा केही जाम देखिएको छ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशीलसिंह राठौरले भने।

निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकाभित्र ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। यो सङ्ख्यामा सशस्त्र प्रहरी समेटिएको छैन। मास्क नलगाई र काम बिना सडकमा हिँड्ने मानिसलाई समेत नियन्त्रणमा लिएर होल्डिङ क्षेत्रमा राखिएको प्रहरीले जानकारी दिएको छ।

'अत्यावश्यक काम बाहेक सडकमा त्यसै हिँड्ने मानिसलाई समेत नियन्त्रणमा लिएका छौँ। यसरी हिँड्ने मानिसलाई नियन्त्रणमा लिन्छौँ,' एसपी राठौंरले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell