PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बिहान १० बजेसम्मको प्रहरी रेकर्ड : ११ सय ६२ जना मानिस होल्डमा, ४ सय ३८ सवारी नियन्त्रणमा



पहिलोपोस्ट

बिहान १० बजेसम्मको प्रहरी रेकर्ड : ११ सय ६२ जना मानिस होल्डमा, ४ सय ३८ सवारी नियन्त्रणमा

काठमाडौं : काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरीले आइतवार थप सक्रियता देखाएको छ।

बिहानैदेखि सडकमा प्रहरीले सवारी चेकिङ तथा अनावश्यक रुपमा सडकमा हिँड्ने मानिसलाई नियन्त्रणमा लिएको छ। आइतवार बिहान १० बजेसम्म १ हजार १ सय ६२ जना मानिसलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशील सिंह राठौंरले जानकारी दिए।

'मास्क नलगाई हिँड्ने र अनावश्यक रुपमा सडकमा हिँड्नेलाई नियन्त्रणमा लिएका हौँ,' एसपी राठौंरले भने।

यसरी सडकमा नियन्त्रणमा लिएको मानिसलाई आधा घण्टासम्म उभ्याएर केही समय सचेतना कक्षा लिएर छोड्ने गरेको छ। त्यस्तै सवारी पास नभई अनावश्यक रूपमा सडकमा दौडिएका सवारी साधनलाई समेत नियन्त्रणमा लिएको छ।

बिहान १० बजेसम्म काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाबाट ४ सय ३८ वटा सवारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। २ सय ९२ वटा दुई पाङ्ग्रे र बाँकी बस तथा मझौला प्रकारका सवारी रहेका छन्।

यसरी नियन्त्रणमा लिएका सवारीलाई प्रहरीले साँझ ७ बजेपछि मात्र छोड्ने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell