PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तपाईँसँग यस घटनाको भिडियो वा कुनै प्रमाण खुल्ने जानकारी छ?



पहिलोपोस्ट

तपाईँसँग यस घटनाको भिडियो वा कुनै प्रमाण खुल्ने जानकारी छ?

काठमाडौं : प्रहरीले कलङ्कीमा भएको दुर्घटनाको अनुसन्धानका लागि आम मानिससँग सहयोग मागेको छ। वैशाख १५ गते (बुधवार) कलङ्कीमा एक मोटरसाइकले अर्को मोटरसाइकलमा रहेका मानिसलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो।

कलङ्कीको सीता पेट्रोल पम्प नजिकै बा ६५ प १५२६ नम्बरको मोटरसाइकलमा सवार राजमान महर्जनलाई नम्बर थाहा नभएको मोटरसाइकले ठक्कर दिँदा मृत्यु भएको हो। घटनापछि प्रहरीले अनुसन्धान गर्दा घटनास्थल नजिकै कुनै पनि सिसिक्यामरामा फुटेज नभेटिएको र ठक्कर दिने मोटरसाइकलको कुनै पनि पहिचान खुल्न सकेको छैन। प्रमाण नभेटिएकाले प्रहरीले कोही कसैंसंग सम्बन्धित घटनाको कुनै जानकारी वा भिडियो खिचेको भए उपलब्ध गराएर सहयोग गर्न अनुरोध गरेको हो।

घटना बुधवार राति सात बजेर ४० मिनेटदेखि ८ बजेर ५ मिनेटको बिचमा भएको प्रहरीले जानकारी दिएको छ। कतिपय घटना प्रहरीले आम मानिसले खिचेको भिडियो, घटना हुँदा देख्ने मानिसले दिएको जानकारीको आधारमा पनि अनुसन्धान गर्न सफल भएको छ। कुनै भिडिओ वा जानकारी भए नजिकैको प्रहरीलाई जानकारी दिन सक्नुहुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell