PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लुम्बिनीमा अहिले दुई बजेसम्ममा पिक्चर क्लियर हुन्छ : इस्तियाक राई



प्रकाश भण्डारी

लुम्बिनीमा अहिले दुई बजेसम्ममा पिक्चर क्लियर हुन्छ : इस्तियाक राई

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्ताव छल्नका लागि मुख्यमन्त्री पदबाट आज राजीनामा दिए। रणनीतिक रुपमा आएको हो उनको राजीनामा। एमालेको एकल बहुमतको सरकारका गठनका लागि नेकपा लुम्बिनीको संसदीय दलका नेता समेत रहेका पोखरेलले मुख्यमन्त्रीमा आफ्नो दाबी पेश समेत गरेका छन्।

वैशाख ६ गते सरकारमा सामेल जनता समाजवादी पार्टी (जसपा)का ४ जना मन्त्रीलाई सांसद पदबाट हटाइएपछि अहिले जसपाका २ जनामात्र सांसद रहेका छन्। यसैगरी माओवादीले पनि आफ्ना दुई सांसदलाई कारवाही गरेको छ। यससँगै हाल लुम्बिनी प्रदेशमा सांसदको संख्या ८१ कायम छ। यसमा एमालेको ४१ यथावत रहेकाले मुख्यमन्त्रीमा पोखरेल नै हुनेछन्। पोखरेलले तत्काल विश्वासको मत पनि लिनु नपर्ने देखिन्छ यसो हुँदा। तर, त्यसका लागि जसपा निर्णायक हुनेछ। उसले समानुपातिकमा २ सांसद थप गरे पोखरेलले विश्वासको मत लिनुपर्ने छ। यही सन्दर्भमा जसपा केन्द्रीय कार्यकारीणी समितिका सदस्य मोहम्मद इस्तियाक राईलाई हामीले सौध्यौं :

अब जसपाको 'मुभ' के हुन्छ?

जसपा प्रतिगमनका विरुद्धमा उभिन्छ। शंकर पोखरेलका विरुद्धमै उभिन्छ।

पोखरेललाई फेरि मुख्यमन्त्री हुँदैछन्। उनलाई रोक्न सक्नुहुन्छ र?

दुई वर्षसम्म अविश्वासको प्रस्ताव नल्याउने भन्ने छ। तर, त्यसका लागि उहाँसँग संख्या छैन। अब केही बेरमा क्लियर हुन्छ नि। प्रदेश प्रमुखले उनलाई १ बजेपछि आउनु भनेका छन्। प्रदेश प्रमुखलाई हस्ताक्षर देखाउँदा पिक्चर क्लियर भइहाल्छ त।

समानुपातिक अहिले तत्कालै थप्न सक्छ जसपाले?

किन नथप्ने? खाली भइसकेको ठाउँ त यही क्लष्टरको दुई नम्वर र त्यसपछिको नामलाई हामी पठाउँछौं।

त्यसो भने सांसद थप्ने तयारी भइरहेको छ हैन?

अहिले तयारी गर्ने होइन। जुन गेम भइरहेको छ, त्यो अहिले नै भइरहेको छ, थप्नका लागि ढिलो हुन्छ। उहाँहरुले त संविधान नै पढ्नु भएको छैन।

तपाईँको मतलब, पोखरेलले संविधान बुझेनन्?

मलाई जहाँसम्म लाग्छ अविश्वासको प्रस्ताव आउँदा तत्काल कायम रहेको र नयाँ गठन प्रक्रियामा जाने हो भने कूल संख्याको बहुमत हुनुपर्छ। ४४ सदस्यको बहुमत हुनुपर्छ। संविधानमा त अविश्वास आउँदा तत्काल कायम भनेर लेखेको छ। सरकार बनाउने हो भने त पूरै संख्यामा उहाँ जानुपर्छ अहिले।

तपाईँको बिचारमा तत्काल फेरि सरकार गठन हुने सम्भावना कतिको छ?

कहाँ हुनु? छैन। तत्काल कायम रहेकोमा बहुमत हुनुपर्‍यो नि।

अब के हुन्छ त तपाईँको पार्टीले पोखरेललाई मुख्यमन्त्री बन्नबाट कसरी रोक्छ?

अहिले डेढ दुई बजेसम्म हेर्नुस् न पिक्चर अर्कै हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell