PahiloPost

May 15, 2026 | १ जेठ २०८३

कोरोना संक्रमितको उपचारमा गायिका लता मंगेशकरको सहयोग



पहिलोपोस्ट

कोरोना संक्रमितको उपचारमा गायिका लता मंगेशकरको सहयोग

भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै कलाकारहरुले कोरोना संक्रमित बिरामीलाई सहयोग गर्न थालेका छन्।

भारत रत्न विजेता गायिका लता मंगेशकरले कोरोना महामारीसँग लड्नको लागि महाराष्ट्र सीएम केयर फन्डमा ७ लाख (भारु) सहयोग गरेकी छिन्।

शनिबार महाराष्ट्र डीजीआईपीआरले ट्विट गर्दैँ लताले सहयोग गरेको कुराबारे जानकारी गराएको हो। जसमा लेखिएको छ 'भारत रत्न लता मंगेशकरले कोरोना महामारीसँग लड्नको लागि सीएम रिलिफ फन्डमा सात लाख दिएर योगदान गर्नुभएको छ।'

सहयोगको लागि उनलाई मुख्यमन्त्री उद्धव ठाकरेले पनि धन्यवाद दिएका छन्। साथै मुख्यमन्त्री ठाकरेले सीएम केयर फन्डमा सहयोग गर्न अरुलाई समेत अपिल गरेका छन्।

यसका साथै लता अन्य सामाजिक कार्यमा आबद्ध छिन्। त्यसैगरी अजय देवगन, अक्षय कुमार, ट्विंकल खन्ना, प्रियंका चोपडा, आलिया भट्ट, कट्रिना केफ, विकी कौशल, भूमि पेडलेकर, सोनम कपूर लगायतले पनि संक्रमितको उपचारको लागि सहयोगी हात अगाडि बढाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell