PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

लुम्बिनीमा १० दिन मन्त्री बनेका जसपाका चार सांसद अब के होलान?



पूजा पन्थी

लुम्बिनीमा १० दिन मन्त्री बनेका जसपाका चार सांसद अब के होलान?

बुटवल : लुम्बिनीमा वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरे।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ४ सांसद सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मुख्यमन्त्रीले आफू बलियो बन्नको लागि मन्त्री बनाए। सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन्।

पार्टीको निर्णयविरुद्ध गएको भन्दै वैशाख १६ गते जसपाले सांसद पद नरहने गरि कारबाही गर्‍यो। कारबाहीविरुद्ध असन्तुष्ट रहेका मन्त्रीहरु कानुनी उपचार खोज्न काठमाडौमा छन्। ४ जना मन्त्रीहरु काठमाडौंमा रहेकाबेला यता मुख्यमन्त्री पोखरेलले राजीनामा दिए, प्रदेश प्रमुखले स्वीकृत गरे।

यता १० दिन मन्त्री बनेका सनतोषकुमार पाण्डेयले भने नयाँ सरकार गठन भए पनि आफूहरुको मन्त्री पद जारी रहने दाबी गरेका छन्। उनले भने, ‘मुख्यमन्त्रीज्यूसँग नियमित सम्पर्कमा थियौं, उहाँको राजीनामाको पूर्वसूचना र सहमति दिएका थियौं।’ त्यस्तै मन्त्री कल्पना पाण्डेले भने प्रतिक्रिया दिन मानिनन्।

जसपाका संसदीय दलका नेता सह्रराम यादबले भने अब ४ जना मन्त्री बन्न गाह्रो भएको बताए। उनले एकल सरकार बनाउने भनेकोले मन्त्री बनाउने सम्भावना नरहेको दाबी गरे। कानुनी रुपमा ६ महिना मन्त्री बनाउन सकिने भए पनि त्यो सम्भव नभएको उनको तर्क छ।

अर्कोतिर नेकपा एमालेको संसदीय दलको बैठकले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा एकल सरकार बनाउने भनेकोले जसपाबाट मन्त्री बनेका ४ जनालाई फेरि मन्त्रीमा निरन्तरता दिन्छन् वा दिँदैनन् भन्नेमा भने अन्यौल छ।

मुख्यमन्त्री पोखरेलले आफै राजीनामा दिएर प्रदेशसभा सदस्यको हैसियतमा रहेको बेला उनले केही निर्णय गर्नसक्ने अवस्था छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell