PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लुम्बिनी प्रदेशको नाटकीय राजनीति: विमला वलीको रोजाई माओवादी केन्द्र बन्दा पोखरेललाई बहुमत नपुग्ने



पहिलोपोस्ट

लुम्बिनी प्रदेशको नाटकीय राजनीति: विमला वलीको रोजाई माओवादी केन्द्र बन्दा पोखरेललाई बहुमत नपुग्ने
फाइल फोटो: वलीको सचिवालयबाट

काठमाडौं : लुम्बिनी प्रदेशसभाकी सदस्य विमला वली नेकपा (माओवादी केन्द्र)लाई चयन गरेकी छन्। 

तत्कालिन नेकपाबाट उपनिर्वाचनमा दाङ ३-२ बाट निर्वाचित भएकी थिइन्। प्रदेशसभा सदस्य उत्तर कुमार ओलीको निधन पछि रिक्त रहेको सो पदमा उनकै श्रीमती विमला वलीले निर्वाचन जितेकी थिइन्। 

प्रदेशसभा सांसद विमला वली उपनिर्वाचनमा नेकपाबाट निर्वाचित भएकी थिईन । उनले अहिले माओवादी केन्द्रलाई रोज्ने निर्णय गरेको माओवादी नेता सुदर्शन बरालले पुष्टि गरे। पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका बरालले वली माओवादी केन्द्रमा प्रवेश गरेको नभई माओवादी केन्द्रलाई रोजेको बताए। 'उहाँ नेकपाको सांसद हो नेकपा दुबै पार्टी मिलेर बनेको थियो। अदालतले दुई पार्टीलाई अलग गरिदिएपछि उहाँले माओवादीलाई रोज्नुभयो। प्रवेश गरेको होइन्,' बरालले भने। 

योसँगै लुम्बिनी प्रदेशमा एमालेको एकल सरकार बन्ने बाटो बन्द भएको छ। हाल कायम रहेको ८१ सदस्य मध्ये वलीले माओवादी केन्द्रलाई रोजेसँगै एमालेसँग ४० मात्र सदस्य कायम हुन पुगेको छ। 

वलीले माओवादी केन्द्रको संसदीय दलमा दलको सदस्यता दिनका लागि निवेदनसमेत दिएकी छन्। 

आजै मुख्यमन्त्री पोखरेलले आफूमाथि लागेको अविश्वासको प्रस्तावलाई निस्तेज पार्न राजिनामा दिँदै एकल बहुमतको सरकार बनाउने तयारी गरेका थिए। धारा १६८ को २ बमोजिम मुख्यमन्त्री बनेका पोखरेल १६८ (१) को सरकार बनाउन दाबी प्रस्तुत गरेका थिए। 

वीलीले माओवादी केन्द्र रोजेसँगै एमालेको एकल बहुमतको सरकार गठनको बाटो सकिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell