PahiloPost

May 15, 2026 | १ जेठ २०८३

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य



पहिलोपोस्ट

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

काठमाडौं :  लुम्बिनी प्रदेशको आज दिउँसो एक बजेदेखि बस्ने भनिएको प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरिएको छ। 
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्यको घोषणा गरेका हुन्। 

‘लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आव्हान गरेको अवस्थामा माननीय मुख्यमन्त्रीबाट राजीनामा पेस गरेकोले उक्त अधिवेशनको औचित्य समाप्त भएको हुँदा अधिवेशन अन्त्य गर्न मुख्यमन्त्रीबाट प्राप्त सिफारिस प्राप्त भएकोले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सम्बत् २०७८ साल वैशाख १९ गते आइतबार दिउसो १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरेको छु,' प्रदेश प्रमुख यादवले जारी गरेको सूचनामा भनिएको छ। 

मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस र माओवादी केन्द्र र जसपाले पेस गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक बस्न लागेको थियो। आज १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइए पनि मुख्यमन्त्री पोखरेलले विहान राजिनामा दिएका थिए। अविश्वासको प्रस्तावलाई छलफल हुन नदिन उनले राजिनामा दिँदै एमालेको एकल बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell