PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरी दम्पतीलाई संक्रमण, सरकारी अस्पतालमै अक्सिजन नपाएको गुनासो



पहिलोपोस्ट

पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरी दम्पतीलाई संक्रमण, सरकारी अस्पतालमै अक्सिजन नपाएको गुनासो

कैलाली : पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरी र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ। सङ्क्रमणपछि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका चौधरी दम्पतीले अक्सिजन नपाएको गुनासो गरेका छन्।

पूर्व स्वास्थ्य मन्त्री चौधरीले आफ्नी धर्मपत्नीको स्वास्थ्य अवस्था जटिल भएपछि अक्सिजनका लागि मेडिकल सुपरिटेन्डेन्ट र व्यवस्थापन समितिसँग गुहार मागेको तर अस्पतालमा अक्सिजन उपलब्ध हुन नसकेको बताए। सबैतिर अक्सिजनको खोजी गरेपछि एक निजी अस्पतालमा एक थान सिलिन्डर भेटिएर त्यही सिलिन्डर ल्याइ पत्नीलाई अक्सिजन दिइएको उनको भनाइ छ।

पूर्वस्वास्थ्य मन्त्री चौधरी र उनकी पत्नीको यति बेला सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचार भइरहेको छ। चौधरीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भइसकेको र पत्नीको अवस्था अझै सुधार हुन नसकेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell