PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको निधन



पहिलोपोस्ट

कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको निधन

कैलाली : कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ।

कलेजो र मिर्गौला सम्बन्धी समस्याको उपचारका लागि उनी कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा भर्ना भएकी थिइन्। सोही क्रममा उनको कोरोना परीक्षण गर्दा आइतबार रिपोर्ट पोजेटिभ आएको थियो।

आइतबारै उपचारका क्रममा स्वास्थ्यमा एकासी समस्या आएर दिउँसो निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।

जिल्लाको लम्की चुहा नगरपालिका–६ बागमारा निवासी ४४ बर्षीया चौधरी २०७० सालको संविधान सभा सदस्य थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell