PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लुम्बिनीमा शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त



पहिलोपोस्ट

लुम्बिनीमा शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल पुन: नियुक्त भएका छन्।

अविश्वासको प्रस्तावमाथि छलफल हुनुअघि आज विहान पदबाट राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पुन: मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरिञ्जिवी पौडेलद्वारा जारी विज्ञप्तिमा सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित पोखरेलले प्रदेश प्रमुखसमक्ष दावी पेश गरेको उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell