PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

किस सिनमा सलमानको स्पष्टीकरण : 'किस दिशासँग होइन, टेपसँग गरेको हुँ'



पहिलोपोस्ट

किस सिनमा सलमानको स्पष्टीकरण : 'किस दिशासँग होइन, टेपसँग गरेको हुँ'

सलमान खानको बहु प्रतिक्षित फिल्म ‘राधे (योर मोस्ट वान्टेड भाइ) को ट्रेलर सार्वजनिक भएसँगै उनको किस सिनको निकै चर्चा चल्यो।

ट्रेलरमा सलमानले दिशालाई किस गरिरहेको देखिन्छ। सलमानले वर्षौ पहिले पर्दामा कहिल्यै पनि किस नगर्ने बताएका थिए। किनकी उनी पर्दामा इन्टिमेसी र किसिङ्गलाई खासै मन पराउँदैनन्। उनको यो किस सिनले निकै चर्चा पाउनुका साथै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यहीँ चर्चाबिच उनले आफ्नो युट्युबमार्फत राधेको फिल्म मेकिङको एउटा भिडियो सेयर गरेका छन्। जसमा उनले फिल्मसँग जोडिएका सबै कुरा सेयर गरेका छन्। भिडियोमा सलमानले राधे फिल्ममा दिशासँग किस गरेको दृश्य रहेको समेत बताएका छन्। तर उक्त किस सिन टेपलाई गरेको समेत सलमानले स्पष्ट पारेका छन्।

'यस फिल्ममा किस सिन छ। तर त्यो किस दिशासँग होइन, टेपसँग गरेको हुँ। यदि कोही मान्छे यो उमेरमा एक्सन गर्न सक्छ भने रोमान्स किन गर्न सक्दैन?' उनले प्रश्न गरे।

फिल्म मे १३ अर्थात् इदको अवसरमा रिलिज हुने छ। फिल्ममा सलमान र दिशाका साथै रणदीप हुड्डा, ज्याकी श्राफको पनि मुख्य भूमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell